|

कपिलवस्तु : मायादेवी गाउँपालिका-४, पिपराका वडा अध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा मृत अवस्थामा भेटिएका छन्। गुलडीहवाको निसवा स्कुल पढ्न जाँदै गर्दा ४ दिनअघि बेपत्ता मोहम्मद ऐमान आइतबार मृत अवस्थामा भेटिएका हुन्।

ऐमानको शव आफ्नै घर नजिकैको पोखरीमा भेटिएको प्रहरीले बताएको छ। मृतक बालकको शरीरमा कुनै चोटपटक भने नलागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले बताए।

मृतकका बाबु अर्थात् वडाध्यक्ष फत्तेहले आफ्नो छोरा हराएको नभई अपहरणमा परेको बताएका छन्। अपहरणकारीले नै आफ्नो छोराको हत्या गरेको उनले दाबी गरेका छन्। मृतक ऐमानको शव आफ्नै घरभित्रै ढोका लगाएर राखिएको छ।

आफन्त तथा गाउलेले अपहरणकारीको पहिचान गरी कडा कारबाहीको माग गर्दै घर वरिपरि पत्रकार एवं प्रहरीलाई प्रवेश निषेध गरेका छन्। आफन्तहरुले शवको पोस्टमार्टम गर्न प्रहरीलाई नदिने बताएका छन्। अहिले पिपरा गाउँको अवस्था तनावग्रस्त छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.