|

बुटवल : प्रदेश ५ को प्रदेशसभाले प्रदेशसभाको कार्यसंचालनसम्बन्धी नियमावली बनाउन समिति गठन गरेको छ। 

संविधानको धारा १९४ बमोजिम प्रदेशसभाले आफ्नो कार्यसंचालन गर्न, काम, कारवाही र समितिसम्बन्धी अन्य विषय नियमित गर्नका लागि नियमावली बनाउने व्यवस्था गरेको छ। सोहीबमोजिम प्रदेशसभाको आइतबारको दोस्रो बैठकले ६ सदस्यीय समिति गठन गरेको हो। 

समितिमा एमालेका भूमिश्वर ढकाल, हरिप्रसाद रिजाल, माओवादीका तुलाराम घर्ती, कांग्रेसका अष्ठभूजा पाठक, संघीय फोरमका सन्तोष पाण्डे र राष्ट्रिय जनमोर्चाका तारा जीसी रहेका छन्। 

समितिले सभामुखको निर्देशनअनुसार समितिका सदस्यहरूबाट सभापति चुनेर १५ दिनभित्र नियमावली तयार पार्ने जिम्मा पाएको छ। 

अहिले प्रदेशसभा ‘प्रदेशसभा कार्यसंचालन अन्तरिम कार्यविधि, २०७४’ अनुसार संचालन भइरहेको छ। अब बन्ने नियमावलीले कार्यविधिलाई विस्थापित गर्नेछ। 

आइतबार बसेको दोस्रो बैठकले मन्त्रिपरिषद्, सभामुख, उपसभामुख निर्वाचित भएकामा बधाई दिएको छ। सभामुख पूर्णबहादुर घर्तीले अर्को बैठक फागुन १३ गते बोलाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.