|

दाङ : तुलसीपुर-घोराही-तुलसीपुरको बरुवागाउँले कुलोदेखि हात्तीखौवा चोकसम्मको सडक निर्माणमा ढिलाइ भएपछि धुलो नियन्त्रणको माग गर्दै स्थानीयले आइतबार १ घन्टा सडक बन्द गरेका छन्।

तुलसीपुर–घोराहीमा लामो समयदेखि सडकको धुलोले स्वास्थ्यमा असर पारेपछि धुलो नियन्त्रणको माग गर्दै स्थानीयले १ घन्टा चक्का जाम गरेका हुन्। उक्त सडक खण्डको स्तर उन्नतिको नाममा लामो समयदेखि भत्काइएको सडक कालोपत्रे नगरी छाडिएकाले स्थानीयले जोखिम मोल्नुपरेको छ।

स्थानीयले अविलम्ब सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म चक्का जाम गरेका हुन्। 

सडक निर्माण हुन थालेको लामो समय पुग्दासमेत सडक कालोपत्रे नहुँदा त्यस क्षेत्रको जनजीवन धुलोका कारण निकै कष्टकर बन्दै गइरहेको छ। सडक छेउका पसलको व्यापार चौपट भएको स्थानीयले बताएका छन्।

आन्दोलनको पहिलो दिन भएकाले सांकेतिक विरोध स्वरूप १ घन्टा बन्द गरिएको र सम्बन्धित निकायबाट सोमबारसम्म भरपर्दो निकास नआए सडक अनिश्चितकालका लागि बन्द गर्ने स्थानीय दिलीप केसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.