|

भद्रपुर, (झापा) : मेचीनगरस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–१ का २७ वर्षीय प्रवेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

चाराआलीबाट कालीझोडातर्फ जाँदै गरेको मे३प ८०३५ नम्बरको मोटरसाइकलमा सवार चौधरीको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति साढे ११ बजे दुर्घटना भएको थियो। दुर्घटना परी गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.