|

हेटौंडा : मकवानपुरको हेटौंडा-४ मा मोटरसाइकलले ठक्कर दिँदा साेमबार राति एक पैदल यात्रुको मृत्यु भएको छ।

हेटौडा-४ स्थित क्लब हेटौडाअघि ना४प ५३९५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु स्थानीय सुदर्शन विष्टको मृत्यु भएको हो। उनको थप उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा मोटरसाईकल चालक १६ वर्षिय भुषण अर्याल पनि गम्भीर घाइते भएकाले उपचारक लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षकले दिलिपराज झाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.