|

काठमाडौं : आउँदो शुक्रबार अर्थात फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पञ्चेबाजा’ अहिले प्रचारप्रसारमा व्यस्त छ। प्रचारप्रसारकै लागि अहिले फिल्मको निर्माण युनिट मोफसल टुरमा निस्किएको छ। मंगलबार पोखरामा पुगेको टिम बुटवल, चितवन, हेटौँडा, धरानलगायतका ठाउँमा पुग्ने फिल्मका निर्माता राज शाहीले जानकारी दिएका छन्।

मोफसल प्रचारमा लागि कलाकारहरू सौगात मल्ल, जस्मिन श्रेष्ठ, निर्माता राज शाही, निर्देशक घनश्याम लामिछानेलगायतको टिम रहेको छ।

'न्यू भेनु फिल्म्स'को व्यानरमा निर्माण भएको यस फिल्ममा प्रदीप भारद्वाजको पटकथा, कालीप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ। राजेश शाहीले निर्माण गरेको यस फिल्ममा सारा गुरुङको पनि लगानी रहेको छ।

फिल्ममा सौगात मल्ल र जस्मिन श्रेष्ठसँगै कर्मा, बुद्धि तामाङ, सृजना सुब्बालगायतको मुख्य भूमिका रहेको छ। हरि घले लामाले खिचेको यस फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.