|

सौराहा : चितवनको सौराहामा रहेको होटल सेभेन स्टारले अन्तर्राष्ट्रिय होटल तथा रेष्टुरेन्ट क्वालिटी अवार्ड प्राप्त गरेको छ। स्पेनको ग्लोबल ट्रेड क्लबले सेभेन स्टार होटललाई अवार्ड दिएको हो। उच्चस्तरीय सेवा प्रदान गरेका कारण अवार्ड प्रदान गरिएको स्पेनको ग्लोबल ट्रेड क्लबले जनाएको छ।

विश्वका १ सय ५० उत्कृष्ट होटलहरुमा सौराहाको सेभेन स्टार परेको हो। उक्त संस्थाले गोप्य रुपमा यसरी होटलको अनुगमन गर्छ।  एक्कासी छनोटमा परेको जानकारी आउँदा खुसी लागेको सञ्चालक माधव दवाडीले बताए।

दवाडी जान नपाएका कारण अघिल्लो साता स्पेनका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि एकराज गिरीले उक्त अवार्ड लिएका थिए। समय अभावका कारण  कार्यक्रममा जान नपाएको सञ्चालक दवाडीले जानकारी दिए।

नेपाली होटलले विश्व स्तरीय अवार्ड पाउनु गर्वको विषय भन्दै पर्यटन बोर्डका मानार्थ प्रतिनिधि गिरीले यसले नेपालमा पर्यटन क्षेत्रमा ठूलो सहयोग पुग्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.