|

सञ्जय दत्तको बायोपिक फिल्म रिलिज अगावै हिट भएको छ। यस फिल्मको नाम 'सन्जु' रहने बताइएको छ। यद्यपी नामको अन्तिम निर्णय अझै भइसकेको छैन। 

फिल्ममा रणवीर कपुरले सञ्जय दत्तको भूमिका निर्वाह गर्दैछन्। अचम्मलाग्दो विषय के छ भने फिल्मको नाम नै तय नभई यस फिल्मले १ सय १० करोड भारु कमाएको छ। फक्स स्टार स्टुडियोले यति पैसामा फिल्मको विश्वव्यापी वितरणको अधिकार लिएको हो।

यो फिल्लमे फाइदामा जानका लागि कम्तिमा पनि भारतमा १ सय ९० करोड तथा विदेशमा ४५ करोड भारु कमाउनुपर्ने तर्क बक्स अफिसका विज्ञहरुले गरेका छन्। यो फिल्म रणवीर कपुरको अहिलेसम्मकै सर्वाधिक आम्दानी गर्ने फिल्म बन्‍ने अपेक्षा गरिएको छ।

फिल्ममा रणवीर कपुरसँगै परेश रावल र मनिषा कोइरालाजस्ता दिग्गज कलाकार समेत छन्। राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्म जुन २९ मा रिलिज हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.