|
otherwords.org

उत्तर कोरियाले अमेरिकी केन्द्रीय गुप्तचर निकायजस्ता संस्था साइबर हमलाको तयारीमा रहेको अारोप लगाएको छ।  साइबर हमलाका लागि अमेरिकाले अर्बौं डलर खर्च गर्न लागेको उत्तर कोरियाको दाबी  छ।

अमेरिकाले प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व गोप्य रूपमा ठूलो मात्रामा साइबर हमला गर्न विज्ञहरूलाई तालिमसमेत दिएको दाबी उसले गरेको छ। उत्तर कोरियाको केन्द्रीय समाचार संस्था (केसीएनए) तथा तथा रोडोङ सिनमुन दैनिकमा प्रकाशित भएको समाचारमा 'अमेरिकी विदेश नीतिबारेमा लेख्ने एक पत्रिकाको फेब्रुवरी १५ मा प्रकाशित अङ्कमा वासिङटनले आफ्नो गुप्तचर क्षमतालाई एक पटक कोरियाली प्रायद्वीपविरुद्ध प्रयोग गर्न लागिएको' बताइएको छ । 

एनबिसी, ब्लुमवर्ग न्यूज तथा वासिङ्टन पोस्टजस्ता अमेरिकी सञ्चारमाध्यमले ‘साइबर आतङ्क’ र यसका कारण अमेरिकालाई उत्तर कोरियाबाट ‘खतरा’ बारेमा लेखेका कारण प्योङयाङविरुद्धको अमेरिकी कदम व्यवहारिक कार्यान्वयनको चरणमा रहेको उत्तर कोरियाली अधिकारीले बताएका छन्।

अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासका क्रममा ठूलो सङ्ख्यामा 'साइबर युद्ध'विज्ञलाई पठाइएको केसएएनएले उल्लेख गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.