|

रुकुम : मुसिकोट नगरपालिकाकाले पाँच वर्षे शैक्षिक कार्ययोजनाको खाका तयार गरेको छ। नगरपालिकाको शिक्षा क्षेत्रलाई थप व्यवस्थित बनाउन कार्ययोजना बनाइएको नगरपालिकाले जनाएका छ।

प्रस्तावित खाकामा सम्बन्धित विषयका जानकार व्यक्ति तथा संस्थाले सुझाव दिन सक्ने नगरपालिकाका शिक्षा अधिकृत बिनाराम खड्काले बताए। ‘नगरपालिकाले पाँच वर्षका लागि शैक्षिक कार्ययोजनाको खाका तयार गरेको छ,’ अधिकृत खड्काले भने, ‘खाकामाथि सल्लाह सुझाव लिएर थप व्यवस्थित गरिनेछ, सुझाव नआए त्यही कार्ययोजनालाई अन्तिम रुप दिइनेछ।’ 

कार्ययोजनामा तत्कालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन प्रकारका नीति तथा कार्यक्रम रहेका छन् । जसमा नगर शिक्षा ऐन र नियामावलीको गृहकार्यसँगै विद्यालय व्यवस्थापन, शिक्षक दरबन्दी मिलान, पाठ्यक्रम, क्षमता विकास, नगर शिक्षा कार्यालय स्थापनालगायतका योजना समेटएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.