|

दमक (झापा) : फिल्म मंगलम अहिले प्रचारका लागि पूर्व पुगेको छ। निर्माता छविराज ओझा, नायिका शिल्पा पोखरेल, नायक पुष्प खड्कालगायतको टिम प्रचारका लागि पूर्व गएको हो। फागुन २५ देखि प्रदर्शनमा आउने यस फिल्मले आफ्नो रिलिज मिति नजिकिँदै गर्दा प्रचारमा पनि विशेष ध्यान दिइरहेको छ।

आइतबार दमक पुगेको प्रचार टिमले पत्रकारसँग भेटघाट गर्‍यो। पत्रकारसँगको भेटघाटमा निर्माता ओझाले फिल्म मौलिक र नेपालीपनमा बनेको दाबी गरे। उने भने, 'मंगलम मैलिकपन बोकेको परिवारिक फिल्म हो। मंगलम रिलिज हुने दिन अन्य फिल्म रिलिज भए पनि फिल्म स्तरीय भएका कारण यसले राम्रो व्यापार गर्नेछ।'

सहनिर्माताको रूपमा मंगलममा लगानी गरेकी नायिका शिल्पाले नेपाली फिल्म क्षेत्रमा नै भविशष्य चाहेकाले निर्माणतर्फ पनि हात हालेको बताइन्। ‘मैले यसअघि ८ वटा फिल्ममा काम गरेँ, यसले मलाई यही क्षेत्रमा स्थिर हुन बल पुर्‍यायो’, उनले भनिन्, ‘यही क्षेत्रमा केही गरौँ भनेर लगानी गर्न पनि सुरु गरेकी हुँ।’

निर्देशक नवल नेपालले पनि मंगलम एउटा राम्रो फिल्म बनेको भन्दै दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। यस्तै, नायक पुष्प खड्काले आफू उदीयमान कलाकार भएकाले यसबाट आफू स्थापित हुन सहयोग पुग्नेमा आशावादी रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.