|

डोटी : जंगलमा सिकार खेल्ने क्रममा गोली लागेर एक जना घाइते भएका छन्। आदर्श गाउँपालिका- ५ जंगलमा शनिबार दिउँसो गोली लागेर सोही ठाउँका देव अधिकारी घाइते भएका हुन्। 

सोही गाउँका सिकारी धर्म लुहारले भरुवा बन्दुक चलाउँदा अधिकारी पिठ्युँमा गोली लागि घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

घटना दिउँसो भए पनि प्रहरीलाई भने ढिलो गरी खबर पाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए। घाइते अधिकारीको उपचार कोहलपुर मेडिकल कलेजमा हुन नसकेपछि त्रिवि शिक्षण अस्पताल काठमाडौं लगिएको छ। गोली चलाउने लुहार फरार छन्।  

लुहारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। घाइते अधिकारी जंगलमा दाउरा काट्न गएका थिए भने गोली हान्ने लुहार जंगलमा सिकार खेल्न गएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.