|

सिरियाली सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ। संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा युद्धविरामको प्रस्ताव पारित भएपछि पनि सिरियाली सरकारले हमलालाई जारी राखेको छ।

गएको पाँच दिनमा पाँच सयभन्दा  बढी सर्वसाधारणको ज्यान गएको छ। ज्यान गुमाउनेमा सयौं बालबालिका रहेका बीबीसीले उल्लेख गरेका छ।

पछिल्लो हमलामा क्लोरिनजस्तै रासायनिक हतियारको समेत प्रयोग गरेको बताइएको छ। राजधानी दमास्कस नजिक पूर्वी गुटामा विद्रोही नियन्त्रित क्षेत्रमा सिरियाले बमबारी गरेको हो।

आक्रमणमा सयौं सर्वसाधारणको मृत्यु भइसकेको छ। सिरियामा करिब सात वर्षदेखिको संघर्षका क्रममा पूर्ण युद्धविराम भएको छैन। सिरियाको संघर्ष रोक्न सुरक्षा परिषदमा ३० दिन युद्धविरामको प्रस्ताव पारित भए पनि सरकारी सेनाले हवाई आक्रमण तथा सैन्य कारबाहीलाई तीव्र पारेको थियो।

यसैबीच फ्रान्स र जर्मनीले सिरिया सरकारमाथि युद्धविरामका लागि दबाब बढाउन रुसलाई आग्रह गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.