|

काठमाडौं : सरकारले देशभर निर्माण हुन लागेको २ सय २२ वटा नमुना विद्यालयको गुरु योजनका पास भएपछि ती विद्यालयहरुको निर्माण सुरु हुनेछ। शिक्षा विभागले नमुना विद्यालय सुधार गुरुयोजना तयार गर्न स्थानीय तहलाई नै जिम्मा दिएको छ। 

विद्यालयतर्फबाट कन्सलटेन्ट तोक्ने र विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका र लक्ष्य निर्धारणका लागि नमुना विद्यालय व्यवस्थापन निर्देशिका २०७४ को आधारमा ड्रइङ डिजाइन तयार पारेपछि मात्रै नमुना विद्यालय निर्माण हुनेछ। 

शिक्षा विभागका निर्देशक दीपक शर्माले फागुनभित्र प्रारम्भिक ड्रइङ डिजाइन पेस गर्नुपर्ने र सो पास भएपछि स्थानीय तहले स्वीकृत गरेर मात्रै विद्यालय भवन निर्माण हुने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.