|

भद्रपुर (झापा) : मेचीनगरमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु  भएको छ । 

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–४ का २४ वर्षीय कुमार भट्टराई रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–९ धरमपुरका २८ वर्षीय जीवन धिताल भने गम्भीर घाइते भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनको बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा उपचार भइरहेको छ। 

पूर्व–पश्चिम राजगमार्गअन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धाइजन मोडमा को३०प १५७२ नम्बरको मोटरसाइकललाई मे१त १४०५ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका धिताल र भट्टराई तत्काल उपचारका लागि बिर्तामोड लगिएको थियो। उपचारको क्रममै भट्टराईको मृत्यु भएको हो। प्रहरीले ट्रयाक्टरसहित चालकहरुलाई नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.