|

बुटवल : खुला लन टेनिस प्रतियोगिताको एकल पुरुषतर्फको उपाधि नेपाल आर्मीका प्रणव खनाल र एकल महिलाको उपाधि माहिन्का राणाले हात पारेका छन्।

बुटवलको देवी नगरस्थित लन टेनिस कोर्टमा मंगलबार भएको फाइनलमा खनालले सन्तोष खत्रीलाई ६–२, ६–२ को सोझो सेट तथा बहिनी माहिन्का राणालाई ७–५, ६–३, ६–२ को सेटमा पराजित गर्दै माहिन्काले उपाधि हात पारेकी हुन्।

उपाधिसँगै उनीहरूले नगद ५५ हजार रुपैयाँ, प्रमाणपत्र र पदक प्राप्त गरेका छन्। उपविजेताहरूले भने नगद २५ हजार रुपैयाँ, प्रमाणपत्र र पदक प्राप्त गरेका छन्। पुरुषतर्फ तृतीय भएका जितेन्द्र परियार र प्रदीप खड्का तथा महिला एकलतर्फ तृतीय भएकी एनी माथेमा र अभिलाषा विष्टले नगद १०/१० हजार रुपैयाँ, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्।  

फन डबल्सको उपाधि कमल भण्डारी र अनिल सेन्चुरीको जोडीले चुमेका छन्। उनीहरूले जितेन्द्र परियार र अब्दुल सहमदको जोडीलाई ८–१ को सेटले पराजित गरेर उपाधि हात पारेका हुन्। उपाधिसँंगै उनीहरू नगद ३५ हजार रुपैयाँ, प्रमाणपत्र, मेडलबाट पुरस्कृत भए। 

उपविजेता बनेका परियार र सहमतको जोडीले नगद २० हजार रुपैयाँ, प्रमाणपत्र, मेडलमा चित्त बुझाए। त्यसैगरी भेट्रान ३५ प्लस उमेरको खेलमा कमल भण्डारीले उपाधि हात पारेका छन्। भण्डारीले रोहित सुनुवारलाई ६–२, ६–० को सेटले पराजित गरेका हुन्। उपाधिसँगै उनले नगद ४५ हजार रुपैयाँ, प्रमाणपत्र, मेडल तथा उपविजेता सुनुवार (द्वितीय) ले नगद २५ हजार रुपैयाँ, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्। तृतीय हुने राजु श्रेष्ठ र आत्माराम कार्कीले नगद १०/१० हजार रुपैयाँ, प्रमाणपत्र, मेडल प्राप्त गरेका छन्। 

प्रतियोगितामा कमल भण्डारीले दुई विधामा स्वर्ण पदक प्राप्त गरेका छन्। उनले फन डबल्स र भेट्रान ३५ प्लस उमेरमा उपाधि हात पारेका हुन्। यता, ४५ प्लस उमेरमा चन्द्र शाहीले विमल गुरुङलाई ६–०, ७–५ को सेटमा पराजित गर्दै उपाधि हात पारे। प्रतियोगितामा धर्मसिंह लामिछाने र विकास गुरुङ तृतीय भए। यसैगरी भेट्रान्स ५५ प्लस उमेर आइटिएफका कोअर्डिनेटर तथा राष्ट्रिय कोच कृष्णप्रसाद घलेले कमल थापालाई ६–१ ले पराजित गर्दै उपाधि हात पारे। 

भेट्रान ४५ प्लस, भेट्रान ५५ प्लसका उपाधि विजेताले नगद ३५ हजार, द्वितीयले नगद २० हजार र तृतीयले नगद १० हजार रुपैयाँका साथमा प्रमाणपत्र, मेडल पुरस्कार प्राप्त गरेका छन्।  

एक कार्यकमका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, क्लबका अध्यक्ष गोपाल ज्ञवाली, अखिल नेपाल लन टेनिस संघका ज्योति राणा, पूर्वअध्यक्ष मनोज राणा, नेपाली कांग्रेसका हरि लम्सालले विजेता र उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.