|

काठमाडौं :  चिनियाँ प्रधानमन्त्री ली कछयाङ एक महिनाभित्रै नेपाल आउने भएका छन्। प्रधानमन्त्री ली यही मार्चभित्र नेपाल भ्रमणमा आउने भएका हुन्।

चिनियाँ प्रधानमन्त्री नेपाल भ्रमणमा आउने भएपछि गोप्यरुपमा भ्रमणको तयारी समेत गरिएको छ। चिनीयाँ राष्ट्रपति सी जिन पिङको सम्भावित नेपाल भ्रमणको तयारीका सिलसिलामा ली काठमाडौं आउने तयारीमा रहेको बताइएको छ।

प्रधानमन्त्री लीको नेपाल भ्रमण सफल बनाउन केही दिनयता काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारीहरु प्रायः हरेक दिनजसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धाउने गरेका छन्। प्रधानमन्त्री ली विशेष विमानमा आउने भएपछि रनवेको गुणस्तर र सुरक्षामा चिनियाँ अधिकारीहरुको चासो बढेको हो।

‘प्रधानमन्त्री ली विशेष विमानमा आउने भएपछि रनवेको गुणस्तर रसुरक्षामा चिनियाँ अधिकारीहरुको चासो बढेको हो।’ ती अधिकारीले भने। सुरक्षा र अन्य कारणले भ्रमण तालिका र तयारी गोप्य राखिएको चिनियाँ दूतावास उच्च स्रोतले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.