|

काठमाडाैं : संघीय संसदको निर्वाचन भएको तीन महिनापछि सोमबार पहिलो बैठक बस्दैछ। राष्ट्रपति विद्या भण्डारीले संघीय संसदको बैठक सोमबारका लागि अाह्वान गरेकी छन्।

संघीय सांसदहरुले आइतबार सपथ लिइसेकेका छन्। सोमबार बस्ने बैठक प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक छुट्टाछुट्टै बस्नेछन्। संघीय संसद्को पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने र त्यसवेला दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ।

सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले संविधानले पहिलो अधिवेशनको पहिलो बैठक नभनेकाले अधिवेशन अवधिभरको जुनकुनै बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने र त्यसवेला मात्रै प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने बताए। 

सोमबारको बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको प्रवक्ता गौतमले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.