|

प्यूठान : प्युठान नगरपालिका –६ माझकोट लम्छ्याङनेटाका नाबालक टुहुरा दाजुभाइले नयाँ घर पाएका छन्। प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे र प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपति नाबालक दाजुभाइलाई आइतबार घर हस्तान्त्रण गरेका हुन्।

जुम्री बसपार्क व्यवस्थापन समिति, गौमुखी मजदुर यातायात समिति, अखिल (क्रान्तिकारी) को पहलमा इजरायलमा कार्यरत नेपालीहरुले मल्लरानी–४ खैराका राम थापा मार्फत १ लाख २३ हजार, रेडियो स्वर्गद्वारीको पहलम दोहा कतारमा रहेको स्वर्गद्वारी सेवा समाजमार्फत ५१ हजार, जिल्ला बालकल्याण समितिको पहलमा १५ हजार गरी २ लाख ३४ हजार ३०० रुपैयाँ बराबर सहयोग संकलन गरिएको गौमुखी मजदुर यातायात समिति प्युठानका अध्यक्ष प्रह्लादभक्त श्रेष्ठले जानकारी दिए।

केही दिनअघि पनि नागार्जुन नगरपालिका–३ काठमाडौंमा घर भई नेपाली सेनाकाे गोरख बक्स गणमा कार्यरत सेनानी अनिल श्रेष्ठसहितको टोलीले खाद्यान्न, लत्ताकपडा, जस्तापाता, पाठ्यपुस्तक गरी करिव ५४ हजार ७९ रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको थियो।

लम्छ्याङनेटाका १० वर्षीय मुकेश रोकामगर र उनका अाठ वर्षीय भाइ ज्ञानेन्द्र रोकामगरकी अामाकाे दुई वर्षअघि निधन भएको थियो। अामाको निधनपछि उनीहरुले कष्ठपुर्ण जीवन बिताइरहेका थिए। आमाको निधनपछि बुबा झुपासिंह रोकामगरले दोस्रो विवाह गरे पनि उनीहरु माया पाउन सकेका छैनन्। 

सहराविहिन दाजुभाईको रेखदेख कहिले छिमेकी कहिले विद्यालयमा अध्यापन गराउने शिक्षिकाले गरेपनि उनीहरुको जीवनमा सुख आउन सकेको थिएन्। नजिकैको धर्मावति मा.वि.मा कक्षा २ मा अध्ययन गर्ने उनीहरु पढाइमा भन्दा आफ्नो भोकको चिन्तामा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.