|

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५४.४ प्रतिशत मात्रै चिकित्सक पास भएका छन्।

शनिवार भएको परीक्षामा ३९ विषयका विशेषज्ञ चिकित्सकले परीक्षामा परीक्षा दिने ३ सय २२ चिकित्सकमध्ये १ सय ७३ जना मात्र पास भएको  काउन्सिलका रजिष्ट्रार डा. दिलविप शर्माले बताए।

उनले भने ' हामीले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परिक्षामा जम्मा ३ सय २२ जनाले आवेदन भरेका थिए। त्यसमा ४ जना अनुस्पथित भएकाले जम्मा ३ सय १८ले परिक्षा दिएकामा  १ सय ७३ जना मात्र पास हुन सफल भएका हुन्।'

पछिल्लो समय काउन्सिलबाट लिइने चिकित्सक तथा विशेषज्ञ चिकित्सको परिक्षामा विदेशमा पढेर आएउने चिकित्सकहरु फेल हुने गरे पनि यसपालि नेपालमानै पढेका धेरै चिकित्सकहरु पनि फेल भएका समेत डा. शर्माले बताए।

 यसअघि काउन्सिलले लिएको एमबीबीएस र बीडीएस चिकित्सकको लाइसेन्स परिक्षामा समेत न्यून संख्यामा चिकित्सकहरु पास भएका थिए। काउन्सिलले गएको मंसिरमा ४ मा लिएको सो लाइसेन्स परिक्षामा एमबीबीएसतर्फ १२ सय २ सहभागी मध्ये ४ सय ६१ जनाले मात्र पास गरेका थिए । उक्त संख्या ३८ प्रतिशत मात्र हो । बीडीएसतर्फ ८५ सहभागी मध्ये ४३ जना पास भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.