|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस  बंगलाको विमान दुर्घटना भएको छ। विमान दुर्घटनाका घाइतेहरूलाई उद्धार गर्ने क्रम जारी छ। यो समाचार तयार पार्दासम्म १४ जनाको  उद्धार गरी अस्पताल पठाइसकेको प्रहरी स्रोतले जनाएको छ। 

विमानमा ७१ जना यात्रु रहेको हुनसक्ने प्रहरी अनुमान छ।

 घटनास्थलमा जाने दमकल र एम्बुलेन्सहरूले सडकमा माइक गर्दै दौडादौड गरेको देख्न सकिन्छ। नेपाली सेना नेपाल प्रहरीले ठूलो संख्यामा उद्धार कार्य जारी राखेको छ।  दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

* पछिल्लो प्राप्त सूचनाका आधारमा सच्याइएको 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.