|

काठमाडौं : फिल्म ‘मिस्टर भर्जिन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। फिल्म अब आँउदो बर्षको भदौ १ गते रिलिज हुने भएको छ। 'वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लि.'को ब्यानरमा निर्माण भएको फिल्म ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतको निर्देशन गरेका छन्।

तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको ‘मिस्टर भर्जिन’मा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बालगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको केही समय अघि ‘टुल्की’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भइसकेको छ।

फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वाँर र दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आरजे, मिस्टर प्रिन्सको संगीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ। खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको फिल्मा सन्दिप उप्रेती सह निर्माताको रुपमा रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.