|

चितवन : चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत पाँच किलो भन्ने स्थानमा भारतीय ग्याँस ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमबार राती मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ख १-एएच-२५९६ नम्बरको खाली ग्याँस ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। घटनास्थलमै मृत्यु भएका उनको सनाखत हुन सकेको छैन। उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ। आफैं अनियन्त्रित भई दुर्घटनामा परेको ट्यांकर सडकबाट करिव २५,३० मिटर तल त्रिशुली नदी किनारमा पुगेको प्रहरीले जनाएको छ ।

 चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १ स्थित सौराहाचोकमा सोमबार साँझ डिभाईडरमा ठोक्किएर जन्ती बोकेको ट्याक्टर दुर्घटनामा परेको छ। कालिका नगरपालिका १ पदमपुरबाट जन्ती बोकेर रत्ननगर नगरपालिका वडा नम्बर ५ स्थित झुवानी जाँदै गरेको ना ४ त ६२३६ नम्बरको ट्रयाक्टर एक्कासी डिभाईडरमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा परी २० जना जन्ती घाईते भएका छन्। ५ जनाको अबस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ। 

घाईते मध्ये केही सामान्य उपचारपछि फर्किएका छन् भने १२ जनाको भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको चितवनका प्रहरी नायव उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.