|

काठमाडाैं : संघीय गणतन्त्रको तेस्रो राष्ट्रपतिका लागि मतदान जारी छ । संघीय संसद भवनमा बिहान १० बजेदेखि जारी मतदानमा संघीय संसदका सांसदहरुले मतदान अन्तिम अवस्थामा पुगेको छ।

अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेताहरुले मतदान गरिसकेका छन्।

यो समाचार तयार पार्दासम्म संघीय संसदका ३३१ सदस्यमध्ये २७० जनाले मतदान गरिसकेको जानकारी प्राप्त भएको छ। यस्तै, प्रदेश संसदका ५४९ जनामध्ये २५० जनाले मतदान गरिसकेका छन्।

राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन्। राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.