मनोरञ्जन

सुटिङकै क्रममा अमिताभ बिरामी, जोधपुरबाट मुम्बई लगिदै
SHARES

फागुन २९, २०७४

    'म डाक्टरहरूको टिमलाई भोलि बिहान बोलाइरहेको छु। उनीहरूले मेरो शरीर ठोकठाक पारेर मलाई फेरि स्वस्थ पार्न सकून्। म आराम गर्छु र तपाईंहरूलाई मनोरञ्जन दिँदै गरूँला।'

    बलिउड अभिनेता अमिताभ बच्चनले मंगलबार बिहान लेखेको स्टाटस हो यो। उनले यो स्टाटसमार्फत आफू बिरामी भएको सार्वजनिक गरेका थिए।

    उनी हाल राजस्थानको जोधपुरमा फिल्म 'ठग्स अफ हिंदोस्तां' को सुटिङमा रहेको र त्यहीँ बिरामी भएको बीबीसीले लेखेको छ। उनी त्यहाँ मार्च ५  मा पुगेका थिए।

    अमिताभले लेखेझैँ मुम्बईबाट डाक्टरहरूको टिम जोधपुर पुगेर उनको स्वास्थ्य जाँच गरेको छ।

    उनलाई मुम्बई ल्याउने तयारी भइरहेको बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]