|
File Photo

काठमाडौं : विश्वकप छनोटको प्लेअफमा पपुवा न्यूगिनीलाई नेपालले ६ विकेटले पराजित गरेको छ।

नेपालको जीतमा दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरे। बिहीबारको पपुवा न्यूगिनी र  नेपाल बीचको खेलमा सबैभन्दा बढी विकेट लिने र रन बनाउने दीपेन्द्र नै बने।

दीपेन्द्रले ४ विकेट लिए भने नटआउट ५० रन बनाएर नेपाललाई सहज जीत दिलाए। दीपेन्द्रले ४ विकेट लिनेक्रममा ४ ओभर २ बल बलिङ गरेर १५ रनमात्र दिएका थिए। त्यस्तै, ५० रन बनाउने क्रममा उनले ५८ बलमा ३ छक्का र १ चौका प्रहार गरे। 

त्यस्तै नेपालका अर्का बलर सन्दीप लामिछानेले पनि ४ विकेट लिएका थिए। जसको कारण नेपाल पपुवा न्यूगिनीसँग ६ विकेटको सहज जीत निकाल्न सफल भयो।

यो जीतसँगै नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना बलियो बनेको छ।

अहिले जारी नेदरल्यान्ड र हङकङबीचको खेलमा नेदरल्यान्डले जीत निकाले नेपाल स्वतः एकदिवसीय मान्यता पाउनेछ। यदि हङकङले जीत निकाले नेपालले अर्को खेल आफ्नो पक्षमा पार्नु पर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.