|

काठमाडौं : बैशाख ७ गतेदेखी प्रदर्शनमा आउने फिल्म 'सुपर गोर्खे'को ट्रेलर रिलिज भएको छ। भुपेन्द्र अधिकारीले तयार पारेको ट्रेलरमा कमेडी संवाद र द्वन्द्वका दृश्यहरु समावेश छन्।

नायिका ऋचा सिंह ठकुरीको निर्माण तथा अभिनय रहेको 'सुपर गोर्खे'लाई राज थापा निर्देशन गरेका हुन्। फिल्ममा ऋचासहित सुरजसिंह ठकुरी, निराजन लुईटेल, भुपेन्द क्षेत्री, सचिन केसी, कामना भुजेल, भानु डेभिड विष्टलगायतको अभिनय रहेको छ।

'अबिर हाउस प्रालि'को प्रस्तुति रहेको फिल्ममा किरण माइकलको लेखन, चन्द्र पन्तको द्वन्द्व निर्देशन छ। सौरभ लामाले खिचेको फिल्मलाई बनिश शाह र सलिक दुलालले सम्पादन गरेका छन्।

हेर्नुहोस् ट्रेलर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.