|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्। माओवादी केन्द्रको सहभागीतामा यसअघि मन्त्रीपरिषद् विस्तार गरेका प्रधानमन्त्री ओलीले शुक्रबार मधेसवादी दल संघीय समाजवादी फोरम नेपाललाई समेत समेटेर सरकार विस्तारको तयारीमा लागेका हुन्।

सरकार विस्तार र मन्त्रालय थपबारेमा प्रधानमन्त्री ओलीले केहीदिन यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लगातार छलफल गरेका छन्। बिहिवार पनि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच यसबिषयमा छलफल भएको थियो।

बेलुकीको नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम हुने एमाले स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए। तर मन्त्री को बन्दैछन् भन्नेबारेमा भने आफुलाई जानकारी नरहेको नेता नेम्वाङले बताए।  

कसको छ सम्भावना ?

शुक्रबार हुने मन्त्रीपरिषद् विस्तारमा एमालेबाट प्रदीप ज्ञवाली, योगेश भट्टराई, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, रघुवीर महासेठ, लीला श्रेष्ठ, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, नारदमुनि रानाको नाम चर्चामा छ। यसैगरी माओवादी केन्द्रबाट वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, बिना मगरको सम्भावना छ। संघीय समाजवादी फोरमबाट शुक्रबार नै सरकारमा सहभागीता हुने भनिएपनि नाम भने टुंगो लाग्न सकेको छैन।

गएको फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका ओलीको सरकारमा हालसम्म ७ मन्त्री मात्र सहभागी छन्। प्रधानमन्त्री ओलीले लालबाबु पण्डित, थममाया थापा, ईश्वर पोखरेल, डा युवराज खतिवडा, रामबहादुर थापा र मातृका यादवलाई मन्त्रालयको जिम्मेवारी दिइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.