|

काठमाडौं : प्रतिनिधिसभामा कैलाली-१ बाट निर्वाचित रेशम चौधरीले अनशन तोडेका छन्। राष्ट्रिय जनता पार्टी नेपालका नेतासमेत रहेका चौधरीले १८ दिनपछि अनशन तोडेका हुन्। उनलाई गृहमन्त्री रामबहादुर थापाले जुस पिलाएर अनशन तोडाएका थिए। 

आन्दोलनका क्रममा टीकापुरमा भएको घटनाका मुख्य अभियुक्त भन्दै चौधरीलाई कैलाली जिल्ला अधारलले पुर्पक्षका लागि थुनामा राखेको थियो। उनले आफू दोषी नभएको भन्दै रिहाइ गर्न माग गर्दै हिरासद मै अनशन बसेका थिए। उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उपचारका लागि काठमाडौंस्थित वीर अस्पतालमा ल्याइएको थियो। 

उनले पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको आग्रहमा अनशन तोडेका हुन्। अनसन तोडाउँदै गृहमन्त्री थापाले अदालती प्रक्रिया बाहेकका माग पूरा गर्ने प्रतिवद्धता जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.