|
File Photo

काठमाडौं : संघीय समाजवादी फोरम, नेपालले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा जाने औपचारिक निर्णय भइनसकेको दाबी गरेको छ।

फोरमका अध्यक्ष उपेन्द्र यादवले हालसम्म सरकारमा जाने औपचारिक निर्णय नभएको बताएका छन्। आइतबार काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठक पछि प्रतिक्रिया दिँदै उनले राजनीतिक सहमति नभई सरकारमा नजाने पार्टीको अडान रहेको बताए।

अध्यक्ष यादवले आफूहरूको माग सम्बोधन गर्ने सरकारको प्रतिवद्धता आएपछि सरकारमा जाने विषयमा निर्णय लिइने बताए।

फोरमको बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालका सांसद रेशम चौंधरीलाई पक्राउ गरेर सरकारले गल्ती गरेको भन्नेबारे छलफल भएको एक नेताले बताए।

अध्यक्ष यादवले राजनीतिक मुद्दालाई लिएर चौधरीलाई पक्राउ गर्नु सरकारको गल्ती भएको दावी गरे। फोरम नेपालले पछिल्लो समयमा सरकारका कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.