|

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन ल्याउने तयारी गरेका छन्। कानुन मन्त्री नियुक्त भएपछि सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन ल्याउने तयारीमा रहेको जानकारी दिए।

'न्यायाधीशहरुको आचरण कायम राख्न न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरि कानुन परिमार्जन गर्ने लगायतका उपायहरुको अध्ययन गरि कानुन परिमार्जन गरिनेछ', मन्त्री तामाङले भने 'न्यायाधीशहरुको आचार संहिताको पूर्ण कार्यान्वयनको सुनिश्चितताको लागि आवश्यक कार्य गरिनेछ।' जननिर्वाचित जनप्रतिनिधिमध्ये वडाअध्यक्ष तहदेखि प्रधानमन्त्रीसम्म, प्रधानन्यायाधीशदेखि तल्लो तहको न्यायाधीशसम्मको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन ल्याउने तयारीमा मन्त्रालय रहेको मन्त्री तामाङले जानकारी दिए।

न्यायपालिकालाई साधनस्रोत सम्पन्न बनाउन आवश्यक सबै कार्य गरिने बताउदै मन्त्री तामाङले न्यायपालिकाका लागि आवश्यक सबै स्रोत सरकारले उपलब्ध गराउने जानकारी दिए। १५ दिनभित्र कानुन बनाइसक्न निर्देशन कानुन मन्त्री शेरबहादुर तामाङले कानुन नभएका कारण स्थानीय तह लगायतका तहमा काम गर्न नपाएको भन्ने गुनासो गरेकाले १५ दिनभित्र सबै मन्त्रादयहरुले आफ्नो मन्त्रालय सम्बन्धित कानुन ड्राफ्ट गर्न परिपत्र गरिएको बताए।

कानुन ड्राफ्ट गरेर १५ दिनभित्र राय, सुझावका लागि कानुन मन्त्रालयमा बुझाउन परिपत्र गरिएको मन्त्री तामाङले बताए। 'सम्बन्धित मन्त्रालयलाई १५ दिनभित्र सम्बन्धित कानुन ड्राफ्ट गरेर राय, सुझावका लागि पठाउन निर्देशन गरिएको छ', उनले भने 'कानुन मन्त्रालयले बनाउने कानुन १० दिनभित्रै तयार गर्नेछ।' एक वर्ष भित्र संविधानसँग बाझिएका कानुन खारेज हुने हुनाले संविधान कार्यान्वयन गर्न आवश्यक कानुनहरुको निर्माण गर्नुपर्ने भएकोले संविधान बमोजिम संघले थप ४१ विषयमा नयाँ कानुन बनाउनुपर्ने वा भइरहेको कानुनमा संशोधन गर्नुपर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.