|

काठमाडौं : सभामुख कृष्णबहादुर महरा र युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको टोलीबीच भेटवार्ता भएको छ। सभामुखको कार्यालय सिंहदरबारमा सोमबार युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनका प्रमुख तथा युरोपियन पार्लियामेन्टका सदस्य जेलजना जोभ्को (Zeljana zovko) नेतृत्वको टोलीले भेटवार्ता गरेको हो।

भेटका क्रममा इयुको टोलीले सभामुख महरालाई गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिवेदन बुझाएको थियो। सो अवसरमा सभामुख महराले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई पर्यवेक्षण गरी सहयोग गरेकोमा इयु निर्वाचन पर्यवेक्षण मिसन टोलीलाई धन्यवाद ज्ञापन गरे। नेपालले निर्वाचनलाई स्वच्छ र मर्यादित रुपमा सम्पन्न गरेर नयाँ संविधान बनाउन सफल रहेको भन्दै उनले पछिल्लो चुनावले नयाँ संविधान कार्यान्वयनको यात्रा अघि बढाएको बताए।

सो अवसरमा बोल्दै निर्वाचन पर्यवेक्षण मिसनका प्रमुख जेलजना जोभ्कोले सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा आफूलाई खुसी लागेको बताए। उनले निर्वाचनको समग्र अनुगमन गरी २९ बुँदे सुझाव समेत बुझाएका थिए। नेपालले इलेक्ट्रिकल भोटिङ सिस्टमको सुरुवात गर्नुपर्नेमा उनले जोड दिए। जोभ्कोका अनुसार मंगलबार युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले पत्रकार भेटघाट गरी प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.