'खेलाडीले आफ्नो जिम्वारी निभाएका छन्'
'खेलाडीले आफ्नो जिम्वारी निभाएका छन्'
काठमाडौं : नेपाली क्रिकेट टिमका कप्ता पारस खड्काले नेपाली क्रिकेटलाई बलियो बनाउन योजना बनाएर अघि बढ्नुपर्ने बताएका छन्। सोमबार विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै खड्काले क्रिकेटको जग बलियो बनाउँदै योजनासहित अघि बढ्नुपर्ने बताए।
अबको आठदेखि १२ वर्षमा टेष्ट मान्यता पाउने गरी लक्ष्य बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। 'आठ वर्षदेखि १२ वर्षको बीचमा टेष्ट राष्ट्रको मान्यता पाउनुपर्छ भन्ने योजना बनाएर अघि बढ्नुपर्छ', खड्काले भने।
उनले मैदानबाहिरको नकारात्मक पक्ष त्यागेर अघि बढ्नुपर्ने पनि बताए। 'मैदानबाहिरका जे जति नराम्रा पक्ष छन्, तिनलाई सुधार गर्नुपर्छ', खड्काले भने।
कप्तान खड्काले क्रिकेटमा खेलाडीले आफ्नो जिम्मेवारी निभाएको बताउँदै क्रिकेट संघ र सरकारलाई पनि जिम्मेवारी निभाउन आग्रह गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।