|

हेटौँडा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता चाँडै हुने बताएका छन्। उनले एकता लागि कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन नकुर्ने बताए। 

हेटौँडामा बुधबार बिहान पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि गठन भएका दुई कार्यदलले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर एकताको घोषणा गर्न सुझाव दिएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग त्यसअघि नै एकता गर्नेबारे छफलफल भइरहेको बताए।

‘कार्यदलले प्रतिवेदन दिएपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर घोषणाको टुंगो लगाउँछौं,’ उनले भने, ‘दुई पार्टी एकताको दिन नै ऐतिहासिक हुने भएकाले कम्युनिष्ट पार्टी एकता दिवस नकुर्नेबारे छलफल भइरहेको छ।’

प्रचण्डले प्रदेश ३ को राजधानी हेटौँडा नै रहनेमा ढुक्क हुन समेत आग्रह गरेका छन्। उनले भने, ‘प्रदेश ३ को राजधानी हेटौँडा नै उपयुक्त छ।’ यसबारे प्रदेशसभाले उपयुक्त समयमा निर्णय गर्न स्वतन्त्र रहेको समेत उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.