|

काठमाडौं : अस्थायी शिक्षकलाई स्थायी प्रक्रियामा लैजान चैत २३ गते तोकिएको परीक्षाको समय आफू अनुकूल नभएको भन्दै अस्थायी शिक्षकहरू अनशनमा बसेका छन्। 

भद्रकालीमा शिक्षकहरूले बुधबारदेखि अनशन सुरु गरेका हुन्।

संयुक्त अस्थायी तथा करार शिक्षक केन्द्रीय संघर्ष समितिमा आवद्ध शिक्षक आमरण अनशनमा बसेका हुन्। यसअघि अस्थायी शिक्षकहरूसँग  सरकारले गरेका सम्झौता कार्यन्वयन गर्नुपर्ने, २०७२ पछाडिका अस्थायी शिक्षकले पनी परीक्षामा सहभागिता हुन पाउनुपर्ने लगायतका चार बुँदे मागसहित सरकारलाई दबाब दिन अनशन थालिएको शिक्षक धर्मेन्द्र ठाकुर ब्राह्मणले जानकारी दिए। उनले भने, 'सरकारले हामी माथी अत्याचार गर्‍यो, जबसम्म हाम्रो माग सम्बोधन हुदैँन तबसम्म अनशन जारी रहन्छ।'

आफ्ना माग सम्बोधन भए अस्थायी शिक्षकहरूलाई परीक्षामा सहभागी हुन कुनै समस्या नहुने शिक्षक नरबहादुर बस्नेतले बताए।

यसअघि पनि अस्थायी शिक्षकहरू आमरण अनशन बसेका थिए। यो  उनीहरूको तेस्रो अनशन हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.