|

मैत्रिपूर्ण फुटबलका लागि इंग्ल्याण्डमा रहेको अर्जेन्टिनाले विश्वकपमा छनोट हुन असफल तर बलियो युरोपियन प्रतिद्वन्द्वी इटालीलाई २-० ले हराउँदै विश्वकपमा दाबेदारी प्रस्तुत गरेको छ।

निकै रोमाञ्चक प्रतिस्पर्धामा अर्जेन्टिनाले इटालीलाई पराजित गर्दा अन्य मैत्रिपूर्ण फुटबल खेलपनि रोमाञ्चक बनेका थिए। अर्जेन्टिनाले इटालीविरुद्ध दुवै गोल दोस्रो हाफमा सम्भव बनाएको थियो। अर्जेन्टिनाले खेलको ७५ औं मिनेटमा बनेगाले गोल गर्दै सुरुवाती अग्रता दिलाए। लगतै अग्रता दोब्बर बनाउने क्रममा ८५ औं मिनेटमा लाञ्जिनीले गोल गरेका थिए।

इंग्ल्यान्डसँग नेदरल्याण्ड पराजित

शुक्रबार राति नै भएको खेलमा इंग्ल्याण्डले नेदरल्याण्डलाई १-० ले पराजित गरेको थियो। इंग्ल्याण्डका लागि निर्णायक गोल जेसस लिंङगार्डले सम्भव बनाएका थिए।अधिकांश समय खेल आफ्नो पकडमा पारे पनि इंग्ल्याण्ड गोल गर्न असफल भयो। त्यसोत नेदरल्याण्डले पनि विश्वकपको उपाधि दाबेदार अर्जेन्टिनालाई कडा चुनौती दिएको थियो। तर जेसस लिंगार्डले ५९ औं मिनेटमा गरेको गोल नै दाबेदार भएको थियो।

जर्मनी र स्पेनको बराबरी

शुक्रबार नै भएको अर्को मैत्रिपूर्ण खेलमा जर्मनीको राष्ट्रिय फुटबल टिमले अर्को युरोपियन क्लब स्पेनसँग १-१ गोलको बराबरीमा रोकियो। त्यस्तै पोर्चुगलले इजिप्टलाई २-१ ले हराउँदा फ्रान्स कोलम्बियासँग पराजित भएको छ। कोलम्बियाले अन्तिम समयमा फ्रान्सलाई ३-२ ले पराजित गरेको थियो। त्यस्तै कोस्टारिकाले स्कटल्याण्डलाई पराजित गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.