|

काठमाडौं : कांग्रेस केन्द्रीय सदस्य तथा नेता नरहरि आचार्य दुई वर्षपछि शनिबार पार्टी कार्यलय सानेपामा पुगेका छन्। पार्टी केन्द्रीय समितिको शुक्रबारदेखि जारी बैठकमा भाग लिन आचार्य पार्टी कार्यलयमा पुगेका हुन्। 

तत्कालीन पार्टी सभापति शुसिल कोइरालाको निधन पछि उनलाई श्रद्धान्जली दिन महारजगन्ज पुगेका नेता आचार्य मस्तिस्क पक्षघात भएर लामो समय आरम (बेड रेस्ट) गरेका थिए। कोइरालाको निधन भएको दिन १६ फागुन २०७२ देखि उनी पार्टी कार्यलय जान सकेका थिएनन्। 

पार्टीको मनोनित केन्द्रीय सदस्य रहेका आचार्य १३ औँ महाधिवेशनबाट आएका सभापति शेरबहादुर देउवाले मनोनित गरेपछिको केन्द्रीय समितिको बैठकमा आचार्यलको पहिलो पटक उपस्थिती हो। 

केन्द्रीय समितिमा आचार्यले लिखित सुझाव पेश गरेका छन्। प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा पार्टीले हारेको विषयमा नेतृत्वलाई मात्रै दोष नदिइ पदअनुसारको जिम्मेवारी सबैले लिनु पर्ने धारणा आचार्यले राखे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.