|

उदयपुर : उदयपुरको कटारीमा शनिबारदेखि सुरु भएको चौथो संस्करणको कटारी मेयर गोल्डकपमा सहारा क्लब पोखराले विजयी सुरुवात गरेको छ। आयोजक कटारी ११ लाई २–० गोल अन्तरले पराजित गर्दै साहाराले विजयी सुरुवात गरेको छ। 

पोखरलाई आजीत गुरुङले ७ औँ मिनेटमा पहिलो गोल गर्दै साहारालाई अग्रता दिलाए। यस्तै, ८३औँ मिनेट गुरुङले दोस्रो गोल गर्दै साहाराको जीत निश्चित गरे। जीतसँगै साहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। 

उद्घाटन खेलमा म्यान अफ द म्याच साहाराका गोलकर्ता गुरुङ घोषित भए। उनले नगद पाँच हजार प्राप्त गरे। निकै रोचक र प्रतिसपर्धात्मक खेलमा आयोजक टिमले गोल गर्ने पटक–पटक अवसर पाए पनि गोल गर्न सकेन। घरेलु दर्शकको राम्रै साथ पाए पनि खेलाडीबीच सहकार्य नमिल आयोजकले सुरुवाती चरणबाटै बाहिरनु पर्‍यो। 

प्रतियोगिता अन्र्तगत आइतबारको खेल बनेपा ब्वाईज काभ्रे र गाोर्खा ब्वाईज रूपन्देहीबीच हुने मूल आयोजक समितिका अध्यक्ष विनोद कटुवालले जानकारी दिए। प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार  नगद पुरस्कार, शिल्ड र प्रमाणत्र पाउनेछन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.