|

पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिकाको-७ भारपाको सिमखर्कमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बिजुलीको पोल बोकेको बा२ख ६६८३ नम्बरको मिनी ट्रक आइतबार बिहान अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विज्ञान बस्नेतले जानकारी दिए।

मृत्यु हुनेमा काठमाडौंका ४६ वर्षीय उमेशसिं महासेठ छन्। मिनी ट्रक चालक महोत्तरीको बर्दिबासका २४ वर्षीय शम्भु महरा घाइते भएका छन्। घाइतेको सदरमुकाम फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मिनी ट्रक रेणु कन्स्ट्रक्सन काठमाडौंको रहेको खुलेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.