|

कपिलवस्तु : कम्बोडियाका उपप्रधानमन्त्री डा एम लिग्न हेङसहितको टोलीले आइतबार प्राचीन कपिलवस्तु दरबारको अवलोकन गरेको छ।

उपप्रधानमन्त्री हेङसहितको टोलीले भगवान् गौतमबुद्ध जन्मेको लुम्बिनी र २९ वर्ष बिताएको ठाउँ कपिलवस्तु, राजा शुद्धोदनको दरबार तिलौराकोट, सो दरबार क्षेत्रको उत्खनन् गरिएका पूर्वी र पश्चिमी द्वार, सुरक्षा पर्खाललगायतको अवलोकन गरेको हो। 

तिलौराकोट दरबारमालगातार गरिएको पाँचौँ वर्षको उत्खनन् र अन्वेषणले प्राचीन कपिलवस्तुमा बुद्धकालीन समयभन्दाअघि नै मानव सभ्यताको विकास भएको देखिएको बेलायतको दुर्हम विश्वविद्यालयसहितको टोलीले गरेको अध्ययन–अनुसन्धानपछि पुष्टि भएको लुम्बिनी विकास कोष कपिलवस्तुस्थित सम्पर्क कार्यालयका प्रमुख माधवप्रसाद आचार्यले पथप्रदर्शन गर्दै उपप्रधानमन्त्री डा हेङलाई जानकारी गराएका थिए।

अवलोकनपश्चात् पुरातात्विक क्षेत्र उत्खनन्मा पुरातत्वविद्को कामको उपप्रधानमन्त्री हेङले सरहाना गरेको जनाइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.