|

धनकुटा : धनकुटाका १३ सामुदायिक वनमा लागेको डढेलोबाट करीव दुई करोडको क्षति भएको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाले जनाएको छ। 

जिल्लामा रहेका सात स्थानीय तहका ३ सय ४६ सामुदायीक वन मध्ये १३ वटा वन जलेर पूर्ण नष्ट हुँदा वन क्षेत्रमा रहेका बिरुवा एवं जडीबुटी जलेर नष्ट हुँदा करीव दुई करोड बराबरको क्षति भएको वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए।

जिल्लाको छथर जोरपाटी गाउँपालिका स्थित भञ्ज्याङडाँडा सामुदायिक वनको सय हेक्टर, धनकुटा नगरपालिका ५ को बडहरे सामुदायिक वन ३६ हेक्टर, धनकुटा नगरपालिका १० को पात्ले सामुदिायक वनको ६० हेक्टर, चौबिसे गाउँपालिका ठूलीभिर सामुदायिक वनको १ सय ९१ हेक्टर चौविसे गाउँपालिका ४ को देउराली सामुदायिक वनको २० हेक्टर छथर जोरपाटिको सिवुवा ताक्लाखर्क ६ सय ७७ हेक्टर सोही क्षेत्रको पाथीभरा सामुदायिक वनको ५ सय हेक्टर वन डढेलोका कारण पूर्ण नष्ट भएका छन्।

धनकुटा नगरपालिका– ९ को रुद्रबारी सामुदायिक वनको २५ हेक्टर धनकुटा नगरपालिका  ९ कै रधुटार ३६ हेक्टर र विश्रान्ती समुदायीक वनको केही क्षेत्रसमेत डढेलेको कारण क्षति भएको हो। जिल्लाको शहीदभूमि गाउँपालिकामा रहेको पञ्चकन्या सामुदायिक वनमा लागेको आगोमा परेर शहीदभूमि–२ का ५१ वर्षीय बानु छारा राईको मृत्यु भएको थियो भने धनकुटा नगरपालिका–९ बेलहाराको जलकन्या सामुदायिक वनबाट बस्तीतर्फ गएपछि पाँच गोठ र चार घर आगलागीमा परेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव निरीक्षक गौतम मिश्रले जानकारी दिए। मानवीय कमजोरीका कारण विगत वर्षमा भन्दा यस वर्ष धनकुटामा ठूलो क्षति हुने गरेको मिश्रको भनाइ छ। 

सुख्खा मौसम भएका कारण आगामी जेठ महिनासम्म विभिन्न क्षेत्रमा आगलागीबाट क्षति हुने सम्भावनालाई ख्याल गरी सचेत गराउने कार्य गरिरहेको जिल्ला वन अधिकृत कृष्णप्रसाद वस्तीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.