|

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल परराष्ट्र सम्बन्धलाई लिएर सचेत रहेको बताएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपालमा रहेका विभिन्न देशका कूटनीतिज्ञहरूसँगको छलफलको सुरुवातमा स्वागत मन्तव्य राख्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

मन्त्री ज्ञवालीले नेपालले दिगो विकासलाई प्राथमिकता दिन नेपाल प्रतिवद्ध रहेको बताएका छन्। उनले अन्तर्राष्ट्रिय शान्ति, सांस्कृतिक सम्बन्धमा पनि नेपालले चासो राखिरहेको बताएका छन्। उनले नेपालको सार्क, विमस्टेक, संयुक्त राष्ट्रसंघ सक्रिय सहभागिता रहेको बताए।

वर्तमान सरकारले विभिन्न देशसँग आर्थिक विकास तथा व्यापारका लागि वातावरण बनाउन पनि छलफल गर्ने बताए। उनले नेपाल दिगो विकासका लक्ष्यहरु प्राप्त गर्नका लागि काम गरिरहेको जनाए।

मन्त्री ज्ञवालीले वर्तमान सरकारसँग दुई तिहाइ बहुमत रहेको भएपनि चुनौती भने अथाह रहेको बताए। उनले यी चुनौतीलाई सामना गर्दै सबै पक्षसँग मिलेर विकास, शान्ति र समृद्धिको दिशामा अगाडि बढ्न चाहेको बताए। उनले वर्तमान सरकारलाई प्राप्त दुई तिहाइको राजनीतिक स्थायित्व, विकास यसलाई खेर जान नदिने बताए।

नेपालले विभिन्न देशहरूसँग विकास र साझेदारीमा सहकार्य गर्न चाहेको उनको धारणा थियो। मन्त्री ज्ञवालीले भने, 'अन्तर्राष्ट्रिय शान्ति, सम्झौता, सन्धि, सार्क, विमस्टेक, संयुक्त राष्ट्रसंघ सबैसँगको सम्बन्धबारे हामी सचेत छौँ। छिमेकी देशहरूसँग समदुरीका आधारमा सम्बन्ध कायम गर्न चाहेका छौँ। सबैसँग समान सम्बन्ध राख्न चाहन्छौँ।'

बालुवाटारमा सुरु भएको बैठकमा दुई दर्जनभन्दा बढी देशका कूटनीतिज्ञहरूको सहभागिता रहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.