|

महोत्तरी :  अवैध सम्बन्ध राखेको आरोपमा वडाध्यक्षले जेठाजु र बुहारीलाई वडा कार्यालयमा निर्घात कुटपिट गरेका छन्। सोनाम गाउँपालिका ७ सुन्दरपुरका वडाध्यक्ष महेश यादवले स्थानीय ५५ बर्षीय बाबुलाल (नाम परिवर्तन) र उनका भाइबुहारी पर्ने ४५ बर्षीया अनिता (नाम परिवर्तन) लाई अवैध सम्बन्ध राखेको आरोपमा कुटपिट गरेको प्रतक्ष्यदर्शीले बताए।

हातखुट्टा बाँधेर कार्यालयको बैठकमा बन्द गरी कुटपिट गरेको स्थानीयको भनाइ छ। यो घटनाको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले खैलाबैला मच्चिएको छ। कोठामा बाबुलाललाई लुंगीले खुट्टा बाँधेर भुइँमा सुताइयो। गन्जी र पाइन्ट लगाएका युवक अमृत रायले उनलाई लठ्ठीले कुटपिट गरे। लठ्ठीको चाट सहन नसकी उनले आफूलाई जोगाउन गुहार मागिरहँदा पनि कसैले बचाउ गरेन। कोठामा कुर्सीमा बसेका पाँचसातजना स्थानीय रमिते बनेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.