|

पाँचथर : बालिकालाई जबर्जस्तीकरणी गरेर गर्भवती बनाएको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन्। 

सोही ठाउँको सिद्धदेवी मावि नवमीडाँडामा एसइई परीक्षाको सुरक्षामा खटिएका बेला प्रहरी सहायक निरीक्षक बलवहादुर ठटाल पक्राउ परेका हुन्। 
पक्राउपछि उनी विरुद्ध जिल्ला अदालत पाँचथरमा जबर्जस्तीकरणी सम्बन्धी मुद्दा दर्तापछि सात दिन म्याद थप गराई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विज्ञान बस्नेतले जानकारी दिए।

उनका अनुसार आरोपित ठटालले आरोप स्वीकारेका छन्। डेढ वर्षअघि प्रहरी चौकी नवमीडाँडाको प्रमुखको रूपमा खटिएका प्रहरी सहायक निरीक्षक ठटालले ती बालिकालाई गत पुसमा जबर्जस्तीकरणी गरी पाँच सय रुपैयाँ दिएर घटना बाहिर नल्याउन भनेको पीडित बालिकाले बताएकी छन्।

पीडित बालिकाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र खाना पनि खाने बित्तिकै वान्ता गर्न थालेपछि शंका लागेर सोध्दा बालिकाले ठटालले जबर्जस्तीकरणी गरेको भनेपछि ठटाललाई घरमा बोलाएको बेला हल्ला नगर्नु, फिदिम गएर गर्भपतन गर्नुपर्छ भन्दै  हजार रुपैयाँ पैसा हातमा थमाई दिएको पीडित बालिकाकी बुबाले बताए। पीडितलाई अहिले उपचारका लागि चिकित्सकको निगरानीमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.