|

हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिका- १ निवासी मुनदेवी छन्त्यालको सुत्केरी व्यथा लागेर आफ्नै घरमा मृत्यु भएको छ। २५ वर्षीया मृतक छन्त्याललाई सुत्केरी भएपछि साल अड्किएर रगत बगेकै कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका डा. रन्जितकुमार यादवले बताए। 

रक्तश्राव धेरै भएपछि स्वास्थ्यकर्मीलाई बोलाइए तापनि स्वास्थ्यकर्मी आइ नपुग्दै छन्त्यालको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए।बुधबार बिहान २ बजेतिर घरमै सुत्केरी भएकी छन्त्यालको साल अड्किएर लगातार दुई घन्टाभन्दा भएकाे थियाे। रक्तश्रावका कारण राती ३ बजेतिर मृत्यु भएको आफन्तले बताएका छन्। आमाको मृत्यु भए तापनि बच्चा भने सकुशल रहेको बताइएकाे छ। 

बच्चालाई जिल्ला अस्पताल हुम्लामा ल्याई चेकजाँच गर्दा बच्चा स्वस्थ रहेकाले अहिले एसओएस बालग्राम सुर्खेतमा राखिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। दुई छोरी भइसकेकी मृतक छन्त्यालले तेस्रो सन्तानको रूपमा छोरी जन्माइन् तर आफ्नो भने ज्यान गएको छ। 

सरकारले कर्णालीका महिलाहरूलाई सुत्केरी हुन नसकेमा हवाई एम्बुलेन्सको व्यवस्था गरिने प्रदेश सरकारले घोषणा गरे तापनि ग्रामीण क्षेत्रका स्थानीय महिलाहरूले अकालमै ज्यान गुमाउनु परिरहेको स्थानीयको गुनासो छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.