|

रौतहट : रौतहटको गुजरा नगरपालिका १ र २ मा अनलाइनबाटै व्यक्तिगत घटना दर्ता कार्य सुरु भएको छ। साविक रंगपुर गाविसमा व्यक्तिगत घटना दर्ता अनलाइनबाट सुरु गरेको गुजरा नगरपालिका १ र २ का वडा सचिव रत्नबहादुर स्याङ्तानले जानकारी दिए। 

मंगलबारदेखि वडा कार्यालयबाट विवाह, मृत्यु, जन्म दर्ता, बसाइँसराइ, सम्बन्धबिच्छेद जस्ता व्यक्तिगत घटना दर्ता सुरु गरेको सचिव स्याङ्तानले बताए। व्यक्तिगत घटना दर्ता तयारीका लागि चैत पहिलो साता नै चन्द्रनिगाहपुरमा तालिम संचालन भइसकेको सचिव स्याङ्तानले बताए। यस्ता घटना दर्ता विश्वको कुनै पनि स्थानबाट हेर्न सकिने गुजरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले जानकारी दिए। 

व्यक्तिगत घटना व्यवस्थित गर्ने उद्देश्यले अनलाइनबाट दर्ता सुरु गरिएको र अन्य वडाहरूमा पनि चाँडै नै दर्ता गर्ने नगरपालिकाको योजना रहेको अधिकृत तिवारीले जानकारी दिए। अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्ने गुजरा पहिलो नगरपालिका भएको दाबी नगरपालिकाले गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.