|

गोरखा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले कुमाललाई मंगलबार साँझ ५ बजे गोरखा नगरापलिकाको १० किलोबाट पक्राउ गरेको हो।

चैत १६ गते गण्डकी गाउँपालिका ५ मा एनसेलको मोबाइल फोन टावरमा आगजनी गरेको र १९ गते राति मध्यपहाडी लोकमार्ग सडक खण्डको मसेलमा डोजरमा आगो लगाएको आरोपमा कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी प्रकाश अधिकारीले जानकारी दिए।

कुमालविरुद्ध बुधबार मुद्धा दर्ता गरी अनुसन्धानको प्रकृया अघि बढाइने प्रहरीले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.