|
तस्विर–अर्जुन लामिछानेको फेसबुकबाट

विराटनगर : धर्मगुरु श्रीनिवास आचार्यमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। विराटनगर–१४ रानीस्थित रामजानकी मन्दिरमा आइतबार सुरु हुने सप्ताहमा प्रवचन दिन आएका आचार्यलाई राति पौने २ बजेतिर अज्ञात समूहले गोली प्रहार गरेको हो।

आचार्यको दाहिने कुमको माथिल्लो भागमा गोली लागेको छ। विराटनगरस्थित न्यूरो अस्पतालमा उनको उपचार भइरहेको छ। मन्दिर परिसरमै आचार्यलाई गोली प्रहार भएको हो।

घटनास्थलमा फेला परेको पर्चामा 'आदिवासी मंगोलविरोधी र अति हिन्दुवादी प्रवचन दिएको' भन्दै गोली हानिएको उल्लेख भएको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए। गोली हान्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.