|

पाँचथर : पाँचथरको फिदिमा आइतबारदेखि सुरु पाँचथर गोल्डकपमा मिसन युनाइटेड क्लब ताप्लेजुङले विजयी सुरुवात गरेको छ। फिदिम माविको खेलमैदानमा भएको खेलमा आयोजक पाँचथर क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ताप्लेजुङले सेमिफाइनको यात्रा तय गरेको हो। 

खेलको १० औँ मिनेटमा सुदीप श्रेष्ठले गोल गर्दै आयोजकलाई अग्रता दिलाएको भए पनि ३१औँ मिनेटमा ताप्लेजुङका दिपेश आङबोहाङले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए। 

पहिलो हाफ १–१ को बराबरीमा टुङ्गिए पनि दोस्रो हाफको २४ औँ मिनेटमा युवराज लिम्बूले गोल गर्दै टिमलाई जीत दिलाए। खेलको म्यान अफ द म्याच आयोजक पाँचथर क्लबका स्ट्राइकर सुदीप श्रेष्ठ घोषित भए।
प्रतियोगिता अन्तर्गत सोमबार डिएफसी मोरङ र रेडहर्स इलामबीच खेल हुनेछ। प्रतियोगिताको विजेता टिमले तीन लाख पाँच हजार ५५५ रुपैयाँ र उपविजेताले एक लाख ५५ हजार ५५५ रुपैयाँ पाउँने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.