|

काठमाडौं : सरकारले यातायात क्षेत्रमा कायमै रहेको सिन्डीकेट अन्त्य गर्ने प्रतिवद्धता जनाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा कायमै रहेको सिन्डीकेट अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट स्वयम् यातायात व्यवसायीको समेत हितमा नरहेको उनको भनाई छ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले सिन्डीकेटकै कारण यात्रुहरूले सास्ती व्यहोर्नु परेकाले नेपाल सरकार त्यसलाई पूर्ण प्रतिबन्ध लगाउन लागि परेको बताए।

उनले सिन्डीकेट खारेज गरिएको कानुनी व्यवस्थाबारे पनि यातायात व्यवसायीहरूलाई सचेत गराएका छन्। मन्त्री महासेठले यातायात क्षेत्रलाई पनि अन्य उद्योगजस्तै गरी संचालन गर्ने कानुनी व्यवस्था गर्न लागिएको पनि जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.